दफा ३७
मध्यस्थले रकम फिर्ता गर्नु पर्ने
मध्यस्थ समक्ष पेश भएको विवादको सुनुवाई हुन नसकेमा वा मध्यस्थको स्थान कुनै कारणले रिक्त भएमा त्यस्तो मध्यस्थले दफा ३६ बमोजिम पारिश्रमिक पाइसकेको रहेछ भने सो मध्ये मध्यस्थले काम गरेको अवधिसम्मको रकम पक्षहरुसंग परामर्श गरी कटाई बाँकी रकम फिर्ता गर्नुपर्नेछ ।
तर कुनै मध्यस्थलाई दफा ११ बमोजिम हटाइएमा निजले सो भन्दा पहिले कुनै पारिश्रमिक लिएको भएमा सो पारिश्रमिकको पुरै रकम फिर्ता गर्नु पर्नेछ ।
तर कुनै मध्यस्थलाई दफा ११ बमोजिम हटाइएमा निजले सो भन्दा पहिले कुनै पारिश्रमिक लिएको भएमा सो पारिश्रमिकको पुरै रकम फिर्ता गर्नु पर्नेछ ।